प्रधानमन्त्री ओलीलाई जस्तै माधवकुमार नेपाललाई पनि जन्मदिनमै झट्का

माधवकुमार नेपाल

काठमाडौं, २३ फागुन । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन मनाइरहँदा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको थियो । संवैधानिक इजलासले फैसला सुनाइरहँदा ओली बालुवाटारमा आफ्ना समर्थक र पार्टीका नेताहरुमाझ जन्मदिन मनाइरहेका थिए ।

त्यस्तै, आइतवार अर्थात २३ फागुनमा अर्का नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिन । तर उनका लागि पनि जन्मदिन सुखद् रहन सकेन । सर्वोच्च अदालतले ऋषि कट्टेल द्वारा दायर रिट माथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेसँगै माधवकुमार नेपाललाई धक्का लागेको हो ।

उनी पछिल्लो समय प्रचण्डसँग सहकार्य गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वि’वादपछि सत्तारुढ दल राजनीतिक रुपमा विभाजित भएको थियो । विभाजित दुई खेमामध्ये एउटा खेमलाई प्रधानमन्त्री ओलीले नै नेतृत्व गर्दै आएका थिए भने अर्को खेमालाई प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा नेतृत्व गर्दै आएका थिए ।

यस्तो अवस्थामा सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काएपछि माधवकुमार नेपाल, झलनाथ खनाल लगायत प्रचण्ड–माधव पक्षको खेमामा रहेका पूर्वएमाले नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ । जन्मदिनकै दिन माधवकुमार नेपाललाई नमिठो धक्का लागेको हो ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट निवेदन दायर गरेकामा सुनुवाइ यही फागुन १३ गते सम्पन्न भएको थियो ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी)बीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध निवेदन दायर गरेका थिए ।

अध्यक्ष कट्टेलले आयोगमा त्यस वि’रुद्ध उजूरी दिए पनि ओली र दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । सो निर्णय वि’रुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते अदालतमा रिट निवेदन दायर गरेका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर