काठमाडौं, २५ फागुन । गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त वि’रुद्ध मानहा’नीको मु’द्दा दायर गरेकी छन् । केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफू वि’रुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मु’द्दा दायर गरेकी हुन् ।
राष्ट्रिय सभा सदस्य वलीले आफ्नो मानहा’नी भएको भन्दै मुलुकी अ’परा’ध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा मु’द्दा दायर गरेकी हुन् । नेता पन्तले फागुन १५ गते एक सार्वजनिक कार्यक्रममा बोल्दै नेकपामा धेरै त्याग गरेका नेताहरुले टिकट नपाएको तर कोमल वलीले पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद भएको भन्दै टिप्पणी गरेका थिए ।
वलीले कुत्सित मानसिकता बोकी विपक्षीले आफूलाई विपक्षी बनाई समग्र महिलाहरु प्रति अ’पमा’न गरेको भन्दै उ’जुरी दिएकी हुन् । ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिला प्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिला वि’रुद्धको जघ’न्य हिं’सा हो,’ वलीले आफ्नो उजुरीमा भनेकी छन् ।