तपाईंको आज : २०७७ फागुन २६ बुधवारको राशिफल

राशिफल - rasifal

२०७७ फागुन २६ बुधवार, द्वादशी – 10 Mar 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – साङ्गीतिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीतिनिर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुनेहुँदा मन प्रसन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – अस्वस्थताले काममा जुट्न नसकिएला। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मिहिनेतको फल प्राप्त हुनेछ। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटनसम्बन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाइ तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपाईंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाइलेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढी गम्भीरता अपनाउनु होला, आलोचना गर्नेहरु सक्रिय रहनेछन् । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि कृषि पेशा अपनाउनेहरुले मनग्य रुपैया पैसा सङ्ग्रह गर्न सक्नेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । राजनीतिकर्मीले सर्वसाधारणको काम गरी पदप्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइलेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकाले मन प्रशन्न हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –  बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException