देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प छैन : डा. कोइराला

डा. शेखर कोइराला

काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे ।

“नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उनले भने, “संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचन मार्फत भए पनि निकास दिनुपर्छ ।”

डा. कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसै अनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्त्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे । उनले काँग्रेसको १४ औँ महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको बताउँदै सोही अनुरुप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook