तपाईंको आज : २०७७ फागुन २७ बिहिवारको राशिफल

राशिफल - rasifal

२०७७ फागुन २७ बिहिवार, त्रयोदशी – महा शिवरात्री, नेपाली सेना दिवस, सिलाचःह्रे पूजा – 11 Mar 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले काम गर्न अप्ठ्यारोमा महशुष हुनेछ । लेनदेनको कारणले विवाद आउने तथा चुनौतीको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनीबाट सजग रहनुहोला । व्यापारमा मन्दी आउने तथा आर्थिक रूपमा पनि नोक्सानी हुने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिन व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । परिवारजनसँग आत्मीयतामा कमी हुनेछ भने प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेकोछ । घरगृहस्थीमा आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मातापितासँगको सम्बन्धमा समेत दरार आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर-गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – सचेत रहेर काम गर्नु पर्ने दिन छ । ईष्र्या गर्नेहरूले सताउन सक्छन् । साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुनसक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । कडा मिहिनेत र लगनशीलताका कारण रोकिएका काम समेत सम्पादन हुनेछन् । प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगती गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान-सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । स्वास्थ्य सबल रहने हुनाले तपाईँबाट राम्रा हुनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –  आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर