नाकामा ताला, चोर बाटो हुँदै आवतजावत

विराटनगर

विराटनगर, २७ फागुन । गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय गर्‍यो । सो निर्णयमा विराटनगर स्थित रानी नाका पनि सूचीकृत थियो । तर, अहिले पनि सो नाकामा ढाट लागेको छ ।

‘चो’र बाटो’बाट आवतजावत गर्नेको भीड भने हरेक दिन बाक्लिँदै गएको छ । गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपाल तर्फ प्रवेश गर्न दिने नियम सरकारको छ । सो नियम कोरोना महामारीमा भन्दा पनि कडा महसुस गर्छन् आवतजावत गर्नेहरू । ‘अनेक नियम ल्याएर आउन जानै समस्या छ, भारत बाट विराटनगर फर्किएका राजीव मगर भन्छन् ‘अब पनि के नियम राखिराखेको होला, चो’र बाटो बाट सबै गएकै छन्, आएकै छन् ।’

सरकारले नाका खोल्ने भन्ने निर्णय गरेको एक महिना बितिसक्यो । नाका खोल्दा कस्तो असर पर्‍यो, कस्तो सुधार गरेर खोल्ने भन्नेबारे सरकारले विश्लेषण गरेको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला केन्द्रको निर्णय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताउँछन् ।

‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट’ को केन्द्रीय कमिटीको निर्देशन नआएकाले नाका खोल्न समस्या भएको हो,’ उनले भने ‘हामीले निर्णय गरेर खोल्न मिल्दैन ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException