एम्बाप्पेले तोडे लियोनेल मेस्सीको कीर्तिमान

किलियान एम्बाप्पे

लियोनेल मेस्सीको कीर्तिमान भङ्ग गर्दै किलियान एम्बाप्पे च्याम्पियन्स लिगको इतिहासमा २५ गोल गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । बुधबार बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेलमा गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । अन्तिम १६ अन्तरगत दोस्रो लेगको खेलको ३१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एम्बाप्पेले नयाँ इतिहास रच्न सफल भए ।

२२ वर्ष ८० दिन उमेरका एम्बाप्पेले मेस्सीले २२ वर्ष २८६ दिन उमेरमा मेस्सीले बनाएको कीर्तिमान तोड्न सफल भए । एम्बाप्पेले क्याम्प नाउमा खेलिएको पहिलो लेगमा ह्याट्रिक गर्दै पीएसजीलाई ४–१ को जीत दिलाएका थिए । आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा पनि गोल गर्दा बुधबारको खेल १–१ को बराबरीमा सकियो । अन्ततः पीएसजीले समग्रमा ५–२ को जीत निकाल्दै अन्तिम आठमा आफ्नो स्थान बनाउन सफल रह्यो ।

फ्रेन्च स्ट्राइकरले यो सिजन च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्ध चार गोल गर्न सफल भएका छन् । प्रतियोगितामा बार्साविरुद्ध एकै सिजन यति धेरै गोल गर्ने उनी पहिलो खेलाडी हुन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर