युट्युबले ल्यायो नयाँ कर नीति, नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

youtube

युट्युबले ल्याएको नयाँ कर नीतिले अब युट्युबरको आम्दानी घट्ने भएको छ । युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशत सम्म युट्युब क्रियटरको हकमा कर काट्ने भएको छ । युट्युबका अनुसार आउँदो जून महिनादेखि अमेरिका बाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नु पर्ने भएको छ । नयाँ कर नीतिले युट्युब क्रियटरहरुलाई निरास बनाइदिएको छ ।

अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ अनुसार अब युट्यबले अमेरिका भन्दा बाहिरका मनिटाइज्ड क्रियटरबाट कर संकलन गर्नुपर्ने हुन्छ । यदि युट्युबले भनेको समयमा कर सम्बन्धी जानकारी समयमा बुझाएको खण्डमा अमेरिका बाट भएको आम्दानीको शून्य देखी ३० प्रतिशत सम्म कर बुझाउनुपर्छ ।

करको दायरा भने देश अनुसार फरक-फरक हुन सक्छ । यदि नेपालको अमेरिका सँग युट्युब लगायतका सेवाको हकमा कर सम्बन्धी कुनै सन्धी सम्झौता भएको खण्डमा उक्त सम्झौता अनुसार लाग्नेछ । नेपालको हकमा धेरै जसो युट्यबरले आम्दानी गरेको कर नबुझाउने गरेकाले उनीहरुले कर सम्बन्धी जानकारी बुझाउन असहज हुने देखिन्छ । त्यो हुँदा धेरैजसो युट्युबरले आफ्नो आम्दानीकै २४ प्रतिशत काटेर मात्रै प्राप्त गर्न सक्ने अवस्था छ । स्रोत: आजको अर्थ

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर