तपाईंको आज : २०७७ फागुन २९ शनिवारको राशिफल

राशिफल - rasifal

२०७७ फागुन २९ शनिवार, औँशी – 13 Mar 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ । शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पु¥याउनेछ । समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – प्राज्ञिक, बौद्धिक र दार्शनिक क्रियाकलापबाट धन र मानको प्राप्ति हुनेछ । ताकेका काम बन्नेछन् । काममा सिर्जनात्मक सफलता मिल्नेछ । व्यापार व्यवसाय र पेसागत जीवन राम्रो छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यापारी र व्यवसायीका निमित्त आत्मविश्वास बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – व्यापार र व्यवसायबाट लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरुले साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ । आम्दानी बढ्नेछ । आत्मबल र पराक्रम र उत्साहमा समेत बृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । व्यवहारिक रसामाजिक जिम्मेवारी थपिने छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – दूरगामी प्रयोजनको लागि काम गर्ने योजना बनाउन सकिनेछ । कार्यक्षेत्रको काम विशेषका कारण वा व्यवसायिक कामका लागि घर छाड्नुपर्ने परिस्थिति बन्न सक्छ तर सम्भव भएसम्म टाढाको यात्रा नगर्नु नै राम्रो हुन्छ । काम गर्दा कुनै दुविधा भए अनुभवीको सल्लाह लिनुहोला । नोकरी र व्इापार व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –   पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException