माधव नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन

माधव नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन

काठमाडौं, २९ फागुन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । बानेश्वर स्थित एक होटलमा बैठक बसिरहेको छ । एघार बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको बैठक बसिरहेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल तर्फका नेताहरुलाई भूमिका विहीन बनाउने र पदाधिकारी खारेज गर्ने निर्णय गरे यो समूहले समानान्तर कमिटी बनाउने घोषणा गरिसकेको छ । ओलीको निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको यो समूहले केन्द्रीय कमिटी सदस्य र सांसदहरु सहित बसेर थप योजना बनाउने तयारी गरेको छ ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले कानुनविद् गोविन्द बन्दी र टिकाराम भट्टराईसँग आगामी कदम कसरी चाल्ने भन्ने बिषयमा समेत छलफल गर्ने निर्णय गरेको छ ।

अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ । जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException