पोखरामा हुने ‘आहा रारा गोल्डकप’मा विदेशीसहित ८ टीमले सहभागीता जनाउँदै

पोखरामा हुने ‘आहा रारा गोल्ड कप’मा विदेशीसहित ८ टीमले सहभागीता जनाउँदै

पोखरा, २९ फागुन । चैत १७ गतेदेखि हुने भनिएको मोफसलकै प्रतिष्ठित आहा-रारा गोल्डकप २१ गतेदेखि हुने भएको छ । यस पटकको १९औं संस्करणको आहा-रारा गोल्डकपमा सहभागी टिम पनि कम भएका छन् । २८ गतेसम्म चल्ने आहा-रारा गोल्डकपमा १ विदेशी सहित ८ टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा मनाङ मस्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, संकटा, मछिन्द्र, अफ्रिकन रुट एसोएसन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । चैत १७ गतेदेखि हुने भनिएको प्रतियोगिता सहभागी टीम थोरै भएपछि चैत २१ गतेदेखि २८ गतेसम्म हुने गरी नयाँ तालिका सार्वजनिक गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको असरका कारण ४ टीम घट्दा प्रतियोगिता अवधि घटाउँदै उद्घाटन मिति सारिएको सहारा क्लब पोखराले जनाएको छ । यसअघि प्रतियोगितामा १२ टीमले सहभागिता जनाउँदै आएका थिए । कोरोना संक्रमणका कारण खेल गतिविधि ठप्प भएको लामो समयपछि पोखरामा १९ औं संस्करणको आहा-रारा गोल्डकप प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित आगामी चैत्रमा २१ देखि एक साताका लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगितामा उपाधि विजेतालाई १० लाख १ हजार रुपैयाँ र उप विजेतालाई ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान आयोजक क्लवले जाएको छ । त्यसैगरी क्लबले १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको अध्यक्ष थापाले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद सहित पुरस्कृत गरिने अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगिताको अवसरमा सहारा क्लबले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना खेलाडीलाई नगद ३५ हजार सहित दोसल्ला र ताम्रपत्र प्रदान गरेर सम्मान गर्ने जनाएको छ ।

सहारा क्लबले विगत २० वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिता बाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडमीमा खर्च गरिनेछ । पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना असहाय बालकहरू आश्रित छन् । क्लबले उनीहरुलाई शिक्षा, दीक्षा निःशुल्क प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर