कसैले हटाउन सक्छ भने हटाओस्, २० महिना पछि फेरि बहुमतका साथ सिंहदरबार पस्छु : ओली

Kp Sharma Oli

काठमाडौं, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाउन चुनौती दिएका छन् । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई जालझेल गरेर हटाइहाले २० महिनापछि फेरि दुई तिहाइ बहुमत सहित सिंहदरबारमा प्रवेश गर्ने दाबी गरे ।

२०७३ सालमा प्रधानमन्त्री बाट हाटाइएको १९ महिनापछि झन्डै दुई तिहाइ बहुमत सहित सत्तामा आएको उल्लेख गर्दै ओलीले भने, ‘कसैले हटाएर देखाउन सक्छ भने हटाओस्, जालझेल गरोस्, षड्यन्त्र गरोस्, मोर्चा कसोस्, मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस्, २० महिना पछि फेरि यो पार्टी, सूर्यचिह्नधारी पार्टी, नेकपा एमाले नामको पाटी दुई तिहाइको बहुमतका साथ सिंहदरबारको मूल गेट बाट फेरि पस्छ’ उनले भने, ‘हामीलाई प्रतिपक्षमा रहन कुनै गाह्रो छैन, बस्न तयार छौं, प्रतिपक्षमा पनि बस्न तयार, हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं ।’

प्रधानमन्त्री ओलीले चैत ७ गते बालुवाटारमा बैठकमा बैठक बाेलाएकाे जानकारी दिँदै माधव नेपाल पक्षलाई सहभागी हुन आग्रह गरे । ‘अदालतको फैसलापछि पेरिसडाँडा बाट रुवाबासी गर्दै बिदावारी भएर हिँड्नुभएको थियो रे, अर्याल होटल सम्म आइपुग्नुभाछ रे, त्यहाँ एकदुई रात बास बस्नुभाछ भन्ने सुनें, बैठकमा आइपुग्नुभाको छैन, प्रशस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु,’ उनले भने, ‘यति बिघ्न टेलिभिजनले खिच्याछ । लाइभ गरिराको होला । सुनेन भन्न पाइनेछैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, आउनुहोला ।’

ओलीले पार्टीको माधव नेपाल समूहका नेताहरूलाई कुनै जिम्मेवारीबाट नहटाएको पनि बताएका छन् । ओलीले नेपाल-खनाल समूह बैठकमा आए कसरी अगाडि बढ्ने भन्‍नेबारे छलफल गर्न आफू तयार रहेको बताए । ‘उहाँहरूले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नुपरेन ? पार्टी चलाउँदै गर्नु परेन ?,’ ओलीले भने, ‘उहाँहरू आएपछि सल्लाह गरौला । अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरूलाई केही कामको जिम्मा दिएका छौँ ।’

उनले चैत ७ गते बोलाएको बैठक आएमा आफू छलफल गर्न तयार रहेको बताए । उनले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही गर्ने चेतावनी पनि दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException