शत्रुले मा’र्न खोजे पनि जनताले बचाए : प्रचण्ड

prachanda

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई शत्रुले मा’र्न खोजे पनि जनताले बचाएको बताएका छन् । शनिबार एक पुस्तक विमोचनमा बोल्दै नेता प्रचण्डले आफूले उठाएको आ’न्दोलन किसान, मजदुर , दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि लडेकाले जनताले आफूलाई सदैव जोगाइरहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले फेरि एक पटक सत्य, न्याय, गणतन्त्र, संविधान र उपलब्धीहरू संस्थागत गर्न आवाज उठाउने बेला भएको भन्दै जून वर्गका लागि आफूले लडेको थिएँ ति वर्गका अधिकार सुनिश्चित भएकी भएनन् भन्ने चिन्ता आफूलाई रहेको बताए । पछिल्लो राजनीतितर्फ लक्षित गर्दै उनले कतिपयलाई प्रधानमन्त्रीको लोभ लागेको बेला आफूलाई भने प्रधानमन्त्रीको लोभ नभएको जिकिर गरे ।

‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन् । मैले उठाएका मुद्दा स्थापित होस् भनेर मेरो लडाई जारी छ । मैले सिंगो जीवन जनताको अधिकारको पक्षमा लड्न समर्पण गरेको छु । मेरो एक मात्र लक्ष्य ‍जनताको अधिकार सुनिश्चित हुनुपर्छ’ अध्यक्ष प्रचण्डले भने । जनताले आफूमाथि ठूलो विश्वास गरेर साथ दिएकोले जनताको विश्वास पुरा गर्न लागिपरेको उनले स्पष्ट पारे ।

प्रचण्डले केही मुठ्ठीभर व्यक्तिको आर्थिकस्तर माथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने पनि उनले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाईमा अग्रसर भए मात्र सोही आधारमा समृद्धिलाई नाप्न सकिने बताएका हुन् । मानिस हुनुको नाताले चेतनास्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएको भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यतास्तरमा अन्तर भयो भने त्यसलाई समृद्धि मान्न नसकिने बताए ।

‘समृद्धि केलाई भन्ने, केही मुठ्ठीभर व्यक्तिहरू अरबपति, खरबपति भए अरू धेरै व्यक्तिहरूले सामान्य मानवीय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याब, सामाजिक न्यायको स्तर, मानिसको चेतनास्तर र सभ्यतास्तरमा अन्तर पर्‍यो भने त्यसलाई समृद्धि भन्न सकिँदैन,’ उनले भने, ‘समग्र मानव समाज नै एउटा हारमोनिममा, एउटा तादात्म्यमा सामाजिक न्यायसहित सभ्यताको एउटा नयाँ उचाई छुँदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो ।’

उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्त्वपूर्ण भूमिका रहेको बताए । लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिँदै उनले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताए । ‘नेताहरू भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्देन । निर्णायक र मुख्य जनता हो । वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो’ उनले भने ।

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्यापले समृद्धिको सवालमा कैयौँ प्रश्नहरू उठाएको भन्दै उनले तिनै प्रश्न, उत्तर र बहसको बीचबाट नै समृद्धिको रोडम्याप अझै परिष्कृत हुँदै जाने विश्वास व्यक्त गरे । ‘समृद्धिको रोडम्याप पढ्दै जाँदा तपाईंहरूले देख्ने थुप्रै प्रश्न हुन्छन् । म अहिले यसलाई उत्तर आइसकेको किताबको रूपमा पनि भन्न चाहन्न । यसले प्रश्न धेरै उठाएको छ । बहस नयाँ ढंगले उठाउन जमर्को गरेको छ । त्यही प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्मृद्धिको रोडम्याप अझै परिष्कृत हुँदै जान्छ भन्ने मैल ठान्दछु,’ उनले भने ।

पुस्तकमा आफूलाई गाली गर्नेहरूको जमातलाई विभिन्न नेताका क्रियाकलापसँग तुलना गरेर लेखकले जवाफ दिने चेष्टा गरेको उल्लेख गर्दे उनले विरोधीले गरेको आलोचनाभन्दा पनि आफ्नो वर्गले आफूलाई ठीक ढंगले चिन्यो कि चिनेन भन्नेमा आफू बढी संवेदनशील हुने गरेको उल्लेख गरे ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर