काठमाडौं, २९ फागुन । देशका विभिन्न स्थानमा ६ जना मृ’त फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित हंशमण्डप जंगलमा हाल नाम थर, वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरुष शुक्रवार मृ’त अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-१ स्थित मालुङ्गबाट साङ्ला जाने बाटोको सडक मुनि रहेको बाँसको झ्याङमा मोरङ बेलबारी घर भएका २५ वर्षीय आशिस लिम्बु शनिवार मृ’त अवस्थामा फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१५ खुमलटार राउत गाउँ बस्ने ४२ वर्षीय कृष्णहरि राउत आफ्नै घरमा शनिवार मृ’त अवस्थामा फेला परेका छन् ।
कैलाली, गोदावरी नगरपालिका-५ गेटास्थित सडकको नालामा कन्चनपुर भिमदत्त नगरपालिका-५ बनगाउँ बस्ने ५२ वर्षीय मोहन चन्द शनिवार मृ’त अवस्थामा फेला परेका छन् । भोजपुर, पौवादुम्मा गाउँपालिका-१ श्यामशिला बस्ने ५० वर्षीय भविन्द्र वहादुर तामाङ सोही ठाउँ स्थित उत्तिस बारीमा शुक्रवार मृ’त अवस्थामा फेला परेका छन् ।
चितवन, राप्ती नगरपालिका-५ स्थित भण्डारा चोकको प्रतिक्षालयमा अन्दाजी ५१ वर्षीय पुरुष शुक्रवार मृ’त अबस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अ’नुस’न्धान गरिरहेको बताएको छ । – लोकपथबाट