अब साउदीमा विदेशी कामदारले मालिकको अनुमति बिना नै काम फेर्न र देश छोड्न पाउने

साउदी अरबले विदेशी कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गरेको छ । साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबार देखि लागू भएको हो ।

योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमति बिना नै देश भित्रिने र बाहिरिने गर्न सक्ने छन् । विदेशी कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ । यसबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने बताइएको छ ।

विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको थियो । विदेशी कामदारको हक खोसिएको भन्दै यसको विरोध भएको थियो । केही मानव अधिकारवादी संस्थाहरूले आइतबार देखि लागू भएको सुधारको स्वागत गरेका छन् तर काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

7 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook