रुपन्देही, ०१ चैत । रुपन्देही प्रहरीले पे’स्तोलसहित तीन जनालाइ पक्राउ गरेको छ । जिल्लाको मर्चवारी– ७ कन्चनापुरमा चेकजाँचका क्रममा एक थान गो’ली नभएको क’टुवा पे’स्तोलसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्यनारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकल चेकजाँच गर्ने क्रममा क’टुवा पे’स्तोल थान १ फेला परेको बताए ।
पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिका-७ बेतकुइया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनु’सन्धान जारी राखेको जनाएको छ ।