सिरहा, ०१ चैत। जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा अप’राधिक गतिविधिमा फेरि सक्रिय भएको छ। सिरहाको लहानस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँ नजिकै तराईं जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)को पर्चा भेटिनुले घटनामा गोइत समुहको सम्लान्ग्नाता हुन सक्ने अनुमान गरिएको छ ।
आइतबार दिउँसो मालपोत कार्यालय सिरहामा ब’म वि’स्फोट हुँदा ८ जना घाइते भएका थिए । घाइतेमध्ये मालपोत कार्यालयमा काम विशेषले आएका दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शालिग्राम शर्माले जानकारी दिए ।
घाइते हुनेमा मालपोत कार्यालयका २ जना कर्मचारी समेत छन् । सामान्य घाइतेको लहाननस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भण्डारीलाई भने थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनामा प्रहरीको अनु’सन्धान जारी छ।