विराट कोहली विश्वमा टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ३ हजार रन बनाउने पहिलो खेलाडी बन्न सफल

विराट कोहली

कप्तान विराट कोहली र युवा विकेटकिपर ब्याट्सम्यान ईशान किशनको वि’ष्फोटक ब्याटिङको मद्दतले भारतले इङ्ल्याण्डलाई टी–२० शृङ्खलाको दोस्रो खेलमा ७ विकेटले पराजित गरेको छ । योसँगै कोहली विश्वमा टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ३ हजार रन बनाउने पहिलो खेलाडी बन्न सफल भएका छन् । उता, ईशानले डेब्यू खेलमा ४ छक्का हिर्काए । उनी यसो गर्ने पहिलो भारतीय हुन् ।

खेलमा कोहलीले ४९ बलमा नटआउट रहँदै ७३ रनको योगदान दिए । हालसम्म ८७ टी–२० मा ५०.८६ को औसतले उनले ३ हजार १ रन बनाएका छन् । न्यूजील्याण्डका मार्टिन गुप्टिल ९९ खेलबाट २ हजार ८३९ रन बनाउँदै दोस्रो स्थानमा रहेका छन् । टी–२० सबैभन्दा पहिले १ हजार र २ हजार रनको आँकडा न्यूजिल्याण्डका ब्रेन्डन म्याकलमले पार गरेका थिए । सन् २०१० मा उनी १ हजार रन बनाउने पहिलो खेलाडी बनेका थिए भन सन् २०१४ मा उनले २ हजार रन पुरा गरे । सन् २०१९ मा उनले सन्यास लिइसकेका छन् ।

त्यस्तै, कप्तानका रुपमा कोहलीले तीन फर्म्याट टेस्ट, वानडे र टी–२० मा १२ हजार रन पुरा गरेका छन् । कप्तानका रुपमा सबैभन्दा धेरै रन बनाउनेमा उनी तेस्रो नम्बरमा छन् । १५ हजार ४४० रनसहित अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ शीर्ष स्थानमा रहेका छन् । उता, ईशानले ३२ बलमा ५६ रन बनाए । पहिलो टी–२० खेलमा ५० रनभन्दा बढी बनाउने उनी दोस्रो भारतीय हुन् । यसअघि अजिंक्य रहानेले यो उपलब्धि हासिल गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

7 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook