ओली पक्ष र नेपाल पक्षबीचको छलफल सकारात्मक

काठमाडौं, २ चैत । नेकपा (एमाले) केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीचको छलफल पार्टी कार्यालय धुम्बाराहीमा सकिएको छ । बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षका नेता रघुजी पन्तले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । वार्तामा नेपाल पक्षले पुस २८ गतेको बालुवाटार बैठकबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । यसबारे प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको नेता पन्तले बताए ।

चार महिनापछि भएको ओली र नेपालको बैठकमा ओली पक्षबाट प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली, सुवास नेम्बाङ लगायतको सहभागिता थियो भने माधव नेपाल पक्षका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, गोकर्ण विष्ट र घनश्याम भुसाल सहभागी थिए ।

सर्वोच्च अदालतको फैसलापछि दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो । अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव–झलनाथ पक्ष पुनः एमालेतिर फर्किएका छन् ।

एमाले भित्र ओली र माधव(झलनाथ पक्षबीच तीव्र विवाद छ। सो पक्षले समानान्तर कमिटीको अभ्यास पनि थालिसकेको छ । नेकपा एमाले अध्यक्ष ओलीले माधव–झलनाथ पक्षका नेताहरूको जिम्मेवारी खोस्दै आफू निकटका नेतालाई जिम्मेवारी दिएपछि माधव–झलनाथ पक्षले समानान्तर कमिटीको अभ्यास थालेको हो । जसअनुसार सातै प्रदेश कमिटी, विभिन्न विभाग छुट्टै गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक