राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका लागि बंगलादेश जाँदै …

bidhhadevi bhandari

काठमाडौँ, ०२ चैत। राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै राष्ट्रपति भण्डारी दुई दिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी हुन् । काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भण्डारी बंगलादेश जान लागेकी हुन्। बंगलादेशले शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउँदैछ।

यसअघि सन् २०१८ मा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको औपचारिक भ्रमणमा आएका थिए। यसका साथै बंगलादेश जानुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार अपरान्ह ४ बजे कोरोनाको भ्याक्सिन लगाउनेछिन्।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर