दोहोरी च्याम्पियनको पहिलो एपिसोड प्रसारण भएसँगै बि’वादित

दोहोरी च्याम्पियन

सर्बाधिक धनराशी भएको प्रत्यक्ष दोहोरी प्रतियोगिता ‘दोहोरी च्याम्पियन’को पहिलो एपिसोड प्रसारण भएसँगै बि’वादित बनेको छ । डिजिटल अडिशनबाट हजार बढी प्रतियोगीमध्य जम्मा ३५ टिमलाई फिजिकल अडिशनमा सहभागी गराइएको थियो ।

कार्यक्रममा नयाँ भन्दा पुरानै अनुहारहरु दोहोरिएका छन । बिभिन्न मेलामहोत्सव तथा बिभिन्न युट्युव च्यानलबाट दोहोरी गाएर चर्चा बटुलेका कलाकारहरुको उपस्थिती देख्न सकिन्छ । तर, निर्णायकहरु भने कार्यक्रमको शोभा बढाउने नाममा झन बि’वादित बन्न पुगेका छन । कार्यक्रममा सहभागी कल्पना दहाल र पछील्लो समयकी चर्चित गायिका सुनिता बुढालाई निर्णयक चन्द्र शर्माले नचिने जस्तो गर्दा बि’वादित बन्न पुगे ।

त्यस्तै, अर्का निर्णयक प्रजापती पराजुलीले गायनको भन्दा पनि लगाएका पोशाक अनी बाहिरी कुराकै बढी प्रतिकृया जनाएको भन्दै अहिले सामाजिक संजालभरी नै बि’वाद चर्किएको छ । अझ अचम्मको कुरा त के भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक समेत रहेका पराजुलीले त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिती लम्जुङका अध्यक्ष समेत रहेका अनुज अधिकारीलाई तपाईं संचारकर्मी पनि हो? मैले तपाईंको नाम कही कतै सुने जस्तो लाग्यो भन्न भ्याएका छन ।

दोहोरी च्याम्पियनको आधिकारिक फेसबुक पेजमा “दोहोरीको महासंग्राम सुरुभयो, हेर्न नभूल्नुहोला” भन्दै शेयर गरिएको पोस्टमा पनि अधिकाशंले निर्णायकहरु माथि नै आ’क्रोश पोखेका छन । धेरैको गुनासो भनेकै निर्णायकहरुको बोल्ने शैली प्रती लक्षित रहेको छ । कतिले त अरु रियालिटी शोहरुबाट केही सिक्नु पर्ने सुझाव समेत दिएका छन।

कार्यक्रमको निर्णायकमा प्रजापती पराजुली, चन्द्र शर्मा, रमेश बिजी र सिता थापा रहेका छन भने कार्यक्रमको संचालकको रुपमा बद्री पंगेनी र प्रीती आले रहेका छन । कुल ३५ लाख रुपैयाँ राशी पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वीतीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः २० लाख रुपैयाँ १०, ३ र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरीबाट २४ कलाकार टोलीहरु छनौटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापनको रुपमा “की इन्टरटेनमेन्ट” रहेको छ । मेगा-शो दोहोरी च्याम्पियन सिंहदरबारस्थित नेपाल टेलिभिजनको स्टुडियोमा छायाङ्कन भैरहेको छ । नेपाल टेलिभिजनले पछिल्लो समयमा नृत्य सम्बन्धी छमछमी, गायन सम्बन्धी नेपाल स्टारजस्ता मेगा-शो पछि नेपाली लोक संस्कृतिसँग सम्बन्धीत दोहोरी च्याम्पियन मेगा-शो सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook