काठमाडौं, ३ चैत । युवक ह’त्यामा संलग्न रहेको आ’रोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृ’त भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको ह’त्याको आश’ङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो ।
अनु’स’न्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनले भने, “चार जनालाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौँ, अनु’स’न्धान भइरहेको छ ।”
गत शुक्रबार गोकुलेश्वर स्थित शिवरात्रि मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भङ्गालोमा मृ’त भेटिएका थिए । कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चो’ट रहेकाले प्रहरीले ह’त्या भएको आश’ङ्का गरेको हो । मृ’तक कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ । शव परीक्षण सम्पन्न भए पनि आफन्तले अझै शव बुझेका छैनन् ।