काठमाडौं, ०४ चैत। काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा ३३ वर्षीय सन्तोषी श्रेष्ठको ह’त्या आ’रोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ । सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा एक शब् भेटिएको थियो।
जसमा आ’रोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट महानगरीय प्रहरी परिसरले पक्राउ गरेको काठमाडौंका एसएसपी अशोक सिंहले बताए । सिंहले भने– ‘ह’त्या गरेको २४ घण्टा नबित्दै हामीले आ’रोपीलाई पक्राउ गरेका छौं ।’
पति सन्तोष सापकोटा उर्फ यज्ञकुमारले ह्यामरले हि’र्काएर पत्नीको ह’त्या गरेको प्रहरीसँग स्वीकारेका छन् । ला’गुऔ’षध सेवन कर्ता समेत रहेका सन्तोष र पत्नीबीच पछिल्लो समय वि’वाद परेको थियो। लकडाउन शुरु भएपछि उनी जोरपाटीस्थित माइतीघरमा बस्न थालेकी थिइन् ।
सोमबार सानेपास्थित सहकारीमा किस्ता तिर्न जाँदा उनी बल्खु स्थित घरमा छिरेकी थिइन् । आफ्ना बुवालाई फर्निचरको काम गर्न भक्तपुर पठाएर सन्तोषले योजनाबद्ध रुपमा पत्नीको ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
श्रीमतीको ह’त्यापछि उनको सिक्री, बाला र मुन्द्रा सन्तोषले निकालेका छन् । उनको साथबाट सुनका गहना र पत्नीले सहकारीमा तिर्न लगेको मध्ये ११ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।