ज्वाइँको ह’त्या गरेर फरार भएका तामाङ ४१ वर्षपछि पक्राउ

पक्राउ

कञ्चनपुर, ४ चैत । कर्तव्य ज्या’न मु’द्दाका फरार प्रतिवा’दी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

उनका अनुसार विसं २०३६ फागुन ८ गते वा’रदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालत बाट विसं २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कै’द स’जाय तोकिएको थियो । तामाङले उधारोमा रु एक हजार ५०० मा भैँसी किनेर पैसा नतिरेको विषयमा वि’वाद भई झगडा र कु’टपि’ट हुँदा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृत्यु भएको थियो । वा’रदात पछि उनी फरार भएका थिए ।

पक्राउ गरेका तामाङलाई आवश्यक का’रवाहीका लागि कञ्चनपुर जिल्ला अ’दालतमा पेश गरी कैद भुक्तानका लागि कारा’गार चलान गरिएको छ । तामाङले यसअघि विसं २०२१ मा भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भई विसं २०२८ मा बिरामी अवकास भई पेन्सनसमेत लिने गरेको कुरा खुल्न आएकाले सो सम्बन्धमा अ’नुस’न्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook