ढोरपाटन शि’कार आरक्षको जङ्गलमा आ’गलागी हुँदा ३० हेक्टर वन नष्ट

आगलागी

बागलुङ, ४ चैत । नेपालको एक मात्रै शि’कार वन स्थल ढोरपाटन शि’कार आरक्षको जङ्गलमा आ’गलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आ’गलागी भएको हो ।

सोमबारदेखि लागेको आगो मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शि’कार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फा’यर लाइन निर्माण गरी आगो नियन्त्रणमा लिएका थिए ।

आ’गलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ । समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आ’गलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्ष’ति हुन नपाएको आरक्षले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर