१६ वर्षीय किशोरीलाई बला’त्कार प्रयास असफल भएपछि कु’टपि’ट गर्ने युवक पक्राउ

बलत्कार

बाँके, ५ चैत । विद्यालयबाट घर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई बला’त्कार प्रयास असफल भएपछि कु’टपि’ट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बला’त्कार प्रयास गर्दा किशोरीले नमानेपछि म’रणाशन्न हुनेगरी कु’टपि’ट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनैद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज स्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किरहेका अवस्थामा ड’र ध’म्की देखाइ स्थानीय एक होटलमा लगेर बला’त्कार प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले म’रणाशन्न हुने गरी कु’टपि’ट गरेका थिए ।

जुनियादको आ’क्रम’णबाट ग’म्भीर घा’इते भएकी ती किशोरीलाई नेपालगञ्ज स्थित बालबालिका सम्बन्धी काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो । लामो समय सम्मको उपचार पछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बला’त्कार–ह’त्या प्रयास गरेपछि जुनियाद फरार थिए ।

नेपालगञ्ज बाट भागेर भारत पुगेका हल्वाइलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मङ्गलबार पक्राउ गरेर ल्याएको प्रहरी उपरीक्षक रानाले बताए । किशोरीमाथि भएको बला’त्कार–ह’त्या प्रयासका दोषीलाई पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नागरिक समाज, अधिकारकर्मी, विभिन्न संस्थाले आवाज उठाउँदै आएका थिए । घ’टनापछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा बला’त्कार र ह’त्या प्रयास गरेको जाहेरी दिएको प्रहरी उपरीक्षक रानाले बताए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर