होटलमा आ’गलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति

आगलागी

कञ्चनपुर, ५ चैत । भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आ’गलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएका होटलमा बालिएको अगरबत्ती बाट गएराति आ’गलागी भएको हो ।

आ’गलागी बाट होटलमा राखिएको म’दिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टर लगायत सामग्री ज’लेर न’ष्ट भएको पीडित थापाले बताए । राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आ’गलागी भएको खबर गरेका थिए ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आ’गो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर