गीत संगीतमा लागेपछि यसरी प्रेमिका गुमाए सुनिलले (हेर्नुहोस् भिडियो सहित)

Sarangi Music Studio Present's In association with Supu Music Creation & Netra Entertainment New Nepali Song 'KAHILE BHAINA'

पोखरामा रहेर संगीतमा संघर्ष गरिरहेका सुनिल गायकको नयाँ गीत “कहिले भईन” को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । बुधबार पोखरामा एक कार्यक्रमका बिच उक्त भिडियो सार्वजनिक गरिएको हो । साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुती र सुनिलकै शब्द संगीत रहेको गीतमा साँहिला गयकको एरेन्ज रहेको छ ।

गीतको भिडियोको छायाँकन पोखराको काहुँडाँडा र लेकसाइडको पेरिफेरिमा गरिएको हो । भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय देख्न सकिन्छ भने भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका हुन ।

सारङ्गी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा साहायक निर्देशनको भूमिकामा सबिन गायक छन् । पब्लीसिटी डिजाईनर सँगै म्युजिक भिडियोका कलाकार समेत रहेका सबिनले छायाँकनको पाटोमा समेत नेत्रलाई सघाएका छन् । गीतमा पुकार पुनको समेत अभिनय रहेको छ ।

गीतको पुरै भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:-

म त तिम्ले सोचे जस्तो कहिले भईन
थिए म कस्तो स्वंयम आफ्नो रहिन
म त तिम्ले

कयौ चाहना थिए गर्न सकिन पुरा
म प्रति गरेका आशा सँधै नै अधुरा
म त तिम्ले खोजे जस्तो कहिले भईन
थिए म कस्तो स्वंयम आफ्नो रहिन
म त तिम्ले

आफ्नो मात्र भन्ने आफ्नै मात्रै सुनाऊने
रिसमा होईन कहिले मायाले फकाऊने
म त तिम्ले रोजे जस्तो कहिले भईन
थिए म कस्तो स्वंयम आफ्नो रहिन

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर