जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ

पक्राउ

काठमाडौं, ६ चैत । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घ’टनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले गत फागुन १७ गते एक महिलालाई जिउँदै पुरेका थिए । घ’टना पछि फरार बुढाथोकीलाई केन्द्रीय अनु’सन्धा’न ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउ बारे जानकारी दिएको हो । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठ’क्कर दिई घा’इते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।

प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको प्रहरीको दाबी छ । तर खाल्डो खनेर पुर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्दार गरिएको थियो । यद्यपि उद्धारकै क्रममा महिलाको मृत्यु भएको थियो ।

ह’त्यापछि धादिङ बाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट पक्राउ गरी नेपाल ल्याएको हो । यद्यपि सिआइबीले भने नेपाल भारत सिमाको गड्डाचौकीबाट पक्राउ गरेको दाबी गरेको छ ।

उद्दारका क्रममा उनको मृत्यु भएपछि स्थानीयले डोजरमा आगो लगाएका थिए । सोलगत्तै डोजर चालक बुढाथोकी भागेका थिए । डोजर चालक बुढाथोकीको लाइसेन्स समेत नभएको पाइएको छ । लाइसेन्स नभएको व्यक्तिले चलाएको डोजरबाट सरस्वतीको मृत्यु भएको कारण उनलाई कर्तव्य ज्या’नमै मु’द्दा चल्न सक्नेछ । साथै लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिने डोजर मालिकलाई पनि मु’द्दा चल्ने प्रहरीले जनाएको छ

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर