म्यानमारस्थित आफ्ना समाचारदाता बे’पत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ । अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बे’पत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ । ‘म्यानमार स्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बे’पत्ता पारेका छन्’ बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।
म्यानमारको राजधानीबाट दिउसो नै उनी बे’पत्ता भएको र उनको खोजीका लागि बीबीसीले सबै प्रयास गरिरहेको पनि जनाइएको छ । उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ । बीबीसीका समाचार दातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बे’पत्ता भएका छन् । उनलाई पनि अ’पहर’ण गरिएको सो संस्थाले जनाएको छ ।
म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आ’न्दोल’न चलिरहेको छ । आ’न्दोल’नका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घा’इते भएका छन् । सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ । एजेन्सी