कुखुराको दाना बोक्ने ट्रकले ठ’क्कर दिँदा एक युवतीको मृत्यु

दुर्घटना

चितवन, ६ चैत । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठ’क्कर दिँदा एक युवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढ बाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठ’क्कर दिएको थियो ।

ठ’क्कर बाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे ग’म्भीर घा’इते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृ’तकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक