पशु फार्ममा आ’गलागी हुँदा २० वटा गाई म’रे

fire - आगलागी

राजविराज, ७ चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ मा शुक्रबार विद्युत सर्ट भइ आ’गलागी हुँदा २० वटा गाई म’रेका छन् । अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा शुक्रबार भएको आ’गलागीमा २ वाछासहित २० वटा गाईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

आ’गलागीमा २० वटा गाईसहित दानालगायत सरसमान र गोठ पूर्ण रुपले जलेर नष्ट हुँदा ३१ लाख ४० हजार मूल्य बराबरको क्ष’ति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए । अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ का मनोजकुमार साह र दिनानाथ साहले संयुक्त रुपमा सञ्चालन गरेको पशु फार्ममा भएको आ’गलागीले फार्म सञ्चालक दिनानाथ समेत घाइते भएका छन् ।

उनी गोठमा सुतेका थिए । गाईलाई आगोबाट जोगाउने क्रममा दिनानाथ घा’इते भएको बताइएको छ । घा’इते दिनानाथको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ । आ’गलागीबाट १० वटा गाईलाई भने घा’इते अवस्थामा उद्वार गर्न सफल भएको सञ्चालक दिनानाथले बताए । फर्म सञ्चालक साहका अनुसार आ’गलागीले करिब ६० लाख मूल्य बराबरको धनमाल क्ष’ति भएको छ । कञ्चनरुप नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले ३ घण्टा पछि आगो नियन्त्रणमा लिएका छन् । अन्नपूर्णबाट

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर