अमेरिकी राष्ट्रपति जो बाइडेन विमानको सिँढी चढ्दै गर्दा तीनपटक लडे (भिडियो सहित)

joe biden 1

अमेरिकी राष्ट्रपति जो बाइडेनको एउटा भिडियो सामाजिक संजालमा चर्चाको विषय बनेको छ । यो भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ । भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन् । यद्यपि, उनले आफूले आफैंलाई सम्हालेका छन् ।

राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए । त्यहाँ उनले एशियाली–अमेरिकी समुदायका नेतासँग भेट गर्ने कार्यक्रम थियो । एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए । त्यसपछि उनी सिँढीको रेलिङ समातेर उक्लन्छन् ।

सिँढी माथि पुगेपछि बाइडेन स्यालुट गर्दै विमानभित्र पस्छन् । यो भिडियो सार्वजनिक भएपछि धेरैले बाइडेन बिरामी भएको हो कि भन्ने आशंका गरेका छन् । यद्यपि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरिन जीन–पियरेले राष्ट्रपति शत प्रतिशत स्वस्थ भएको जानकारी दिएकी छिन् । सिँढीमा गलत कदम परेका कारण त्यस्तो भएको उनले बताइन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर