म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुपममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ

माधवकुमार नेपाल

काठमाडौं, ७ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको ठाउँमा आफू भएको भए निवासमै पुगी गाला मुसारेर फकाउने बताएका छन । माधव कुमार नेपाल समूहको युवाहरुको भेलामा सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी ओलीले बैठकमा आउन फोन गरेको बताए ।

ओलीले फोन गर्नुको सट्टा घरमै भेटेरै भनेको हुन्थ्यो भन्दै नेपालले भने, ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुपममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन ।’

नेपालले आँफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताए । आँफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उनको भनाइ छ । उनले भने, ‘हामी केपी ओली वि’रुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’

नेपालले पार्टीका सबै कमिटीमा आफ्नो बहुमत भएकाले ओलीले बैठक बोलाउन नमानेको दाबी गरे । पार्टीमा आफ्नो बहुमत नपुग्ने भएपछि पूर्वमाओवादी बाट आएकाहरूलाई पार्टी प्रवेश नगराएर नै केन्द्रीय सदस्य बनाएकोमा उनको असन्तुष्टि थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई का’रबाही गरेपछि सो समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै आएको छ ।

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको सो समूहले सात वटै प्रदेश तथा विभिन्न विभागमा संयोजकहरु समेत तोकेको छ । यस्तै नेपाल–खनाल समूहले महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को राष्ट्रिय भेला हिजो सम्पन्न गरेको छ । यस्तै सो समहूले आगामी मंगलबार विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException