पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या

झलनाथ खनाल

काठमाडौं, ८ चैत । पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । मिर्गौलामा समस्या देखिएपछि अब उनले प्रत्यारोपण गर्नुपर्ने भएको छ ।

उनको सचिवालयका एक सदस्यका अनुसार चिकित्सकहरुले अबको तीन महिनाभित्र प्रत्यारोपणमा जान या डायलाइसिस अघि बढाउन सुझाव दिएका छन् । चिकित्सकको यो सुझाव अनुसार वरिष्ठ नेता खनालको मृगौला प्रत्यारोपण तयारी थालिएको छ ।

लामो समयदेखि खनालले स्वास्थ्य समस्या भोग्दै आएका छन् । उनमा उच्च रक्तचाप र श्वासप्रश्वास सम्बन्धी समस्या देखिँदै आएको छ । तर पारिवारिक सुत्रले भने बाहिर आए जस्तो ग’म्भीर समस्या नरहेको बताएको छ । मिर्गौलामा सामान्य समस्या देखिएकाले चिकित्सकको सल्लाहमै रहेको पारिवारिक स्रोतले जनाएको छ । “सन् २०१५ देखि नै उहाँको मिर्गौलामा सामान्य समस्या देखिएको थियो,” स्रोतले भन्यो, “अहिले बाहिर हल्लाभएजस्तो बढी भएको होइन । सामान्य समस्या भनिएको छ ।”

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर