नेता जोशीलाई सरकारले दिने भनेको १० लाख सहयोग उनको परिवारले नलिने घोषणा

नविन्द्रराज जोशी

काठमाडौं, ८ चैत । मष्तिस्काघात भएर उपचाररत् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग उनको परिवारले नलिने भएको छ । जोशीका सहयोगी पुष्कर पाण्डेका अनुसार परिवारले सरकारले दिने भनेको सहयोग नलिने घोषणा गरेको हो ।

सरकारले गएको बिहीबार मन्त्रिपरिषदबाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, परिवारले भने सहयोग नलिने निर्णय गर्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको हो ।

उपचार अभावमा मानिसको मृत्यु हुने अवस्थाको अन्त्यका लागि पूर्वउद्योगमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीको अभियान भएकाले परिवारले त्यही अभियानलाई निरन्तरता दिएको हो । जोशीले आफ्ना पिता गजेन्द्रराज जोशीको नाममा गरिब, दुःखीको उपचारका लागि वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् ।

नेता जोशीलाई उपचारका लागि मुलुक बाहिर लैजाने तयारी पूरा गरिएको भए पनि अस्पतालले बाहिर लैजाने अनुमति नदिएका कारण सम्भव नभएको पाण्डेले बताए । फागुन १३ गते राति मष्तिष्कघात भएपछि उनी नर्भिक अस्पतालमा उपचाररत रहेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException