ओलीले च्यातेको संविधानको रक्षार्थ लडिरहेको छु : प्रचण्ड

prachanda

काठमाडौं, ०८ चैत। आइतबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान सिध्याउन सक्ने, गणतन्त्र सिध्याउन सक्ने, उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधिको रुपमा चित्रण गरेका छन् ।

अध्यक्ष दाहालले आफूले तत्कालीन राजनीतिक परिस्थितिमा प्राप्त हुनसक्ने उपलब्धि लिएर थप उपलब्धि लिनका लागि आफूले संघर्ष गरिरहेको जिकिर गर्दै सो चित्रण गरेका हुन् । उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको हक अधिकार सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, बीसौं पच्चीसौं वर्षदेखि विदेशीले हुर्काएका पनि को हो भनेर हेर्दै जाँदा सबैले केपी ओली नै देखियो भनेका छन्,’ अध्यक्ष दाहालले भने ।

सो क्रममा उनले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गरे । गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको उनले बताए । सो क्रममा उनले देशभित्रका संविधानविरोधी, गणतन्त्रविरोधी, देशबाहिरका प्रतिक्रियावादीहरु जसले यो संविधान स्वीकार्न सेकेको बताउँदै सबै मिलेर एउटा धार बनेको बताए । ‘ती सबैले नेपालको संविधान निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्,’ प्रचण्डले भने ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आ’रोप लगाएका छन् । ५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसर आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘अहिले दुई धार छ ।

एउटा यो संविधानलाई कसरी च्यात्ने होला भन्ने छन्, माओवादी आन्दोलनले पैदा गरेको समावेशी समानुपातिक मान्यतालाई के गरी निस्तेज होला भनेर हिजो देशभित्र र देश बाहिरका गणतन्त्र विरोधी सामन्तवादका दलालहरु, यो संविधान स्वीकार गर्न नसकेकाहरु मिलेर एउटा समूह बनेको छ । उनीहरुले यो संविधानलाई निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन् ।’ अध्यक्ष दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook