दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति भण्डारी ढाकामा

विद्यादेवी भण्डारी

काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुगेकी छन् । बंगलादेशको दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति भण्डारी आज बिहान नेपाल एयरलाइन्सको न्यारोबडी जहाज मार्फत ढाका पुगेकी हुन् ।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी त्यहाँ गएकी हुन् । राष्ट्रपति भण्डारीको साथमा ५४ सदस्यीय भ्रमण टोली रहेका छन् ।

ढाकास्थित हज्रात शारजलाल अन्तराष्ट्रिय विमानस्थलमा भण्डारीलाई बंगलादेशी राष्ट्रपति हमिदले स्वागत गरे । सो क्रममा उनलाई २१ तोपको सलामीद्वारा सम्मान गरिएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलीका लागि पुग्ने छिन् । सोही दिन उनको समकक्षी हमिदसँग दुई पक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर