यसरी लिन पाईन्छ अब नेपाली बैंकबाटै अनलाईनको भुक्तानी गर्ने प्रिपेड कार्ड

online payment

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवै’धानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको हो । आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिइसकेको छ ।

जसअनुसार राष्ट्र बैंकले अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो । नेपाली बैंक मार्फत प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

अब अमेजन र नेटफ्लिक्स लगायतका डिजिटल प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सकिने व्यवस्था भइसकेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै डलर खाता नभएपनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

यसअघि डलर खाता भएकाले मात्रै विदेशमा डलर भुक्तानी गर्न सक्ने व्यवस्था थियो । तर, अब भने नेपाली बैंकहरुमार्फत नै प्रिपेड कार्ड बनाएर ५०० डलरसम्म खर्च गर्न पाइने भएको छ ।

वाणिज्य बैंक र विकास बैंकलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अधिकार दिएको हो । कार्डमार्फत मात्रै वस्तु तथा सेवा खरिदको भुक्तानी हुँदै आएकोमा केन्द्रीय बैंकले नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था मिलाएको हो । ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५ सय वा सो बरावरको अपरिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ ।

अपरिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली नहुँदा गेमिङ, शुल्क लाग्ने एप, अमेजन प्राइम तथा नेटफ्लिक्स, अन्तर्राष्ट्रिय ई–कमर्सको सेवा र त्यसको भुक्तानी असहज हुँदै आएको छ । सोही असहज हटाउन अनलाइन भुक्तानी खुला गरिएको हो ।

यदि कसैले डलर खर्च गरेर आइफोन किनेको छ अथवा आफ्ना बच्चाका लागि लर्निङ एप डाउनलोड गरेको छ भने सो रकमको भुक्तानी गर्न कहाँ जाने अन्यौल थियो । राष्ट्र बैंकले वर्षभरिमा पाँच सय डलरसम्म खर्च गर्ने छुट दिएसँगै त्यस्ता कारोबार बैङ्किङ च्यानल मार्फत हुनेछ ।

कार्ड जारी गर्दा प्रयोगकर्ताले भने अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ । साथै सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको हुनेपर्ने उल्लेख छ । त्यसरी जारी भएको रकम प्रयोगकर्ताले कार्ड जारी भएको एक वर्षसम्म प्रयोग गर्न सक्नेछन् । एक वर्षसम्म एकै पटक वा पटक–पटक गरेर अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न सक्ने उल्लेख छ ।

यसरी लिइएको कार्ड मार्फत प्रयोगकर्ताले विदेशी अनलाइन मार्फत सामान खरिद गर्न, अमेजन, नेटफ्लिक्सजस्ता प्लेटफर्मका भुक्तानी गर्न वा गुगल तथा फेसबुक जस्ता माध्यममा डिजिटल विज्ञापनको पैसा तिर्न सकिने उल्लेख गरिएको छ । यसरी प्रिपेड कार्ड जारी गर्दा बैंकहरुले ग्राहकबाट अन्य बैंक र विकास बैंकबाट सो सुविधा नलिएको स्वघोषणा अनिवार्य गराउनु पर्नेछ । यसको अर्थ एक भन्दा बढी बैंकबाट यो सुविधा लिन पाइने छैन ।

ग्राहकले एकभन्दा बढी बैंकबाट यस्तो सुविधाको उपयोग गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारबाही हुनेछ ।

यस्ता छन् प्रिपेड कार्ड जारी गर्ने बैंक

  • नेपाल बैंक लिमिटेड
  • कृषि विकास बैंक
  • नविल बैंक
  • नेपाल इन्भेस्टमेन्ट बैंक
  • स्ट्याण्डर्ड चार्टर्ड बैंक
  • हिमालयन बैंक
  • नेपाल एसबीआई बैंक
  • नेपाल बंग्लादेश बैंक
  • एभरेष्ट बैंक
  • कुमारी बैंक
  • लक्ष्मी बैंक
  • सिटिजन्स बैंक
  • प्राइम कमर्शियल ‌बैंक
  • सनराइज बैंक
  • सेञ्चुरी बैंक
  • सानिमा बैंक
  • माछापुच्छ्रे बैंक
  • एनआईसी एसिया
  • ग्लोबल आईएमई बैंक
  • एनएमबी बैंक
  • प्रभु बैंक
  • शिद्धार्थ बैंक
  • बैंक अफ काठमाडौं
  • सिभिल बैंक
  • नेपाल क्रेडिट एण्ड कमर्स बैंक
  • राष्ट्रिय बाणीज्य बैंक
  • मेगा बैंक
  • गरिमा विकास बैंक
  • ज्योती विकास बैंक
  • कामना सेवा विकास बैंक
  • महालक्ष्मी विकास बैंक
  • मुक्तिनाथ विकास बैंक
  • सांग्रिला विकास बैंक
  • साइन रेसुंगा विकास बैंक
  • लुम्बिनी विकास बैंक
  • सप्तकोशी विकास बैंक
  • एक्सेल विकास बैंक
  • ग्रीन विकास बैंक
  • कर्णाली विकास बैंक
  • मितेरी विकास बैंक
  • सिन्धु विकास बैंक
  • तिनाउ मिसन विकास बैंक
  • सहारा विकास बैंक
  • नारायणी विकास बैंक
  • कर्पोरेट विकास बैंक
  • सालपा विकास बैंक
प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक