दुई या तीन महिनामा पूर्व राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल आफ्नै आउने

donald trump

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालको नयाँ विकल्प खोजीमा छन् । गत साता क्यापिटल हिलमा भएको हिं’सात्मक गतिविधिपछि फेसबुक, ट्विटर, इन्स्टाग्रामले ट्रम्पका सबै अकाउन्ट सधैँका लागि बन्द गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण उनका समर्थकले क्यापिटल हिलमा हिं’सात्मक गतिविधि गरेको आ’रोप उनीमाथि लागेको छ । सुरुमा सबै सामाजिक सञ्जालले २४ घन्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरेका थिए । ७ जनवरीमा अमेरिकी संसद् भवनमा भएको हिं’सात्मक गतिविधि पछाडि ट्रम्पकै टिप्पणी प्रमुख मानिएपछि सोसियल मिडियाले उनका सबै अकाउन्ट बन्द गरेका हुन् ।

सबै किसिमका सामाजिक सञ्जाल बन्द भएपछि ट्रम्पले अहिले आफ्ना विचार समर्थकमाझ राख्न पाएका छैनन् । उनका छोरा जुनियर ट्रम्प र ७० हजार समर्थकका समेत सामाजिक सञ्जाल अकाउन्ट निलम्बित भएका छन् । ट्विटर, इन्स्टाग्राम र फेसबुकमा निकै सक्रिय मानिने ट्रम्पले ७ जनवरीदेखि केही शब्द भनाइ राख्न नपाउँदा उनका समर्थक पनि निराश छन् ।

तर, बुधबार बिहान टेक्सासमा पुगेपछि आफूलाई मनमा लागेका कुरा सार्वजनिक गरेका छन् । उनले पुनः एकपटक ७ जनवरीमा दिएको अभिव्यक्ति सही भएको र ४६औँ राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली गरी जो बाइडेन विजयी भएको आ’रोप लगाए । यद्यपि ट्रम्पले निर्वाचनमा धाँधली भएको कुनै पनि प्रमाण पेस गर्न सकेका छैनन् । ‘मेरो त्यो अभिव्यक्ति बिलकुल सही थियो, त्यो गलत थिएन र निर्वाचनमा धाँधली भएकै हो,’ ट्रम्पले टेक्सासमा भने ।

फक्स न्युजसँग बोल्दै उनका सल्लाहकार जेसन मिलरले दुई या तीन महिनामा पूर्व राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल लाइभ आउने बताएका छन् । ट्रम्पले ल्याउने सामाजिक सञ्जाल विशेष र नयाँ किसिमको हुने बताएका छन् । ट्रम्पले कस्तो सामाजिक सञ्जाल ल्याइरहेका छन् भनेर सबै उत्सुकतामा र पर्खाइमा रहेको उनका सल्लाहकार मिलरले बताएका छन् । प्लेटफर्म डेभलपमेन्टका लागि ट्रम्पले ठुलठुला कम्पनीहरूसँग पटक पटक वार्ता गरिसकेको उनले बताएका छन् । पूर्व राष्ट्रपति ट्रम्पका सल्लाहकार जेसन मिलरका अनुसार अबको करिब तीन महिनासम्ममा ट्रम्पको सामाजिक सञ्जाल आउनेछ । धेरै मानिसहरूका लागि यो उत्सुकताको विषय बनेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर