आखिर कसले गर्दैछ नेपाली चलचित्रकर्मीको फेसबुक ह्याक ?

saroj khanal and deepa shree niraula

पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै सेलिब्रेटीका फेसबुक लगायत सामाजिक ह्याक गर्ने क्रम बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गर्दै उनीहरुसँग पैसा समेत माग्ने गरेका छन् । कलाकार सरोज खनालको फेसबुक ह्याक भएको छ । सोही विषयमा उजुरी दिन उनी प्रहरी चौकी पुगेको बताएका छन् । फेसबुक ह्याक गरेर फेसबुकका साथीहरूलाई पैसा माग्ने गरेको उनले बताएका छन् । त्यसमध्ये केहीले पैसा समेत पठाएको सरोज बताउँछन् ।

यस्तै चपेटामा कलाकार तथा निर्देशक दीपाश्री निरौला पनि परेकी छन् । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै दीपाको फेसबुक ह्याक भएको र पैसा समेत माग्न थालिएको बताएका छन् । दीपकले सबैलाई सजक गराउने उदेश्यले राखेको स्टाटसमा लेखेका छन् ‘दीपा जीको फेसबुक ह्याक भएको छ । सरोज खनाल दाईका पनि ह्याक भएको छ ।’ उनले अगाडि थपेका छन्, ‘ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक हुनुहोला !’

अभिनेत्री दीपाले ह्याकरले आफ्नो फेसबुकबाट सुमन गिरी भान्जासँग अप्ठेरो परेको भन्दै एकलाख मागेको बताइन् । ‘मेरो नामबाट सुमन भन्जासँग एक लाख मागेको रहेछ । हाल्नका लागि एकाउन्ट नम्बर पनि पठाएछ’ दीपाले भनिन्, ‘बुझ्दै जाँदा त्यो एकाउन्ट पनि अर्कैको रहेछ ।’

दीपा ह्याकरले पठाएको एकाउन्ट डिटेल लिएर अ’पराध महाशाखा समेत पुगेकी छन् । सो क्रममा एकाउन्ट वाला व्यक्ति पनि पीडित रहेको पाएको दीपाले बताइन् । उनले भनिन्, ‘अब उजुरी लिएर प्रहरीको साइबर सेल जाँदैछु । के हो त्यहाँबाट पत्ता लाग्नेछ ।’

आज बिहान मात्रै रंग पत्रकार तथा गीतकार दयाराम पाण्डेको समेत फेसबुक ह्याक भएको छ । केही दिनअघि गायक शिव परियारको पेज पनि ह्याक भएको थियो । उनले फेसबुकमा स्टाटस लेख्दै उक्त कुराको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook