काठमाडौं, १२ चैत । रौतहटमा आधा शरिर ज’लेको अवस्थामा महिलाको शव फेला परेको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नं.५ झुनखुनुवा स्थित सुन्दर साहको खेतमा नाम थर नखुलेको अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।
ती महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा ला’स फेला परेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए । महिलालाई मसुरोको भुसमा आ’गो लगाइ मा’रेको अवस्थामा स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
महिलालाई यसरी ज’लाउनुको पछाडी ह’त्याको ष’ड्य’न्त्र रहेको हुँदा तालिम प्राप्त कुकुरको मद्दतबाट अप’राधी समात्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । घ’टना स्थलको प्रकृति हेर्दा महिलाको एउटा खुट्टा का’टिएको, आधा शरिर ज’लेको तथा महिलाले प्रयोग गरेको एक जोरी नयाँ चप्पल र रगतका छि’टाहरु समेत देखापरेकोले घ’टनाको विषयमा गहन रूपमा अनु’स’न्धान भइरहेको बताइएको छ ।