घरमै राख्‍नका लागि राहदानी नबनाउन राहदानी विभागको अनुरोध

राहदानी

काठमाडौं, १२ चैत । राहदानी विभागले घरमै राख्‍नका लागि राहदानी नबनाउन अनुरोध गरेको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी गरिने हुँदा अत्यावश्यक भएको अवस्था बाहेक राहदानी बनाएर घरमा राख्‍नका लागि मात्र हालको मेसिन रिडेबल राहदानी नबनाउन सुझाएको हो ।

धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीका म्याद सकिन लागेको भन्दै नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय र राहदानी विभाग धाइरहेका बेला विभागले यस्तो परिपत्र गरेको हो । चालक अनुमति पत्र जस्तै म्याद नसकिँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभई नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको जुनसुकै बखत बनाउने सकिने भएकाले तत्काल नवीकरण गर्न जरुरी नभएको विभागले जनाएको छ ।

विभागले यस्तो परिपत्र गरे लगत्तै कतिपय जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै राहदानी नवीकरण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधवार एक सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक