थ्री नेसन्स कप : नेपाल गोल नगरेर प्रतियोगिताको फाइनलमा पुग्यो

गोल नगरेर प्रतियोगिताको फाइनलमा पुग्यो

नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कप अन्तर्गत लगातार दोस्रो खेल गोलरहित बराबरीमा रोकिँदै फाइनलमा स्थान पक्का गर्यो । पहिलो खेलमा किर्गिस्तानको यू-२३ टोलीसँग रोकिएको नेपाल दोस्रो खेलमा पनि गोल गर्न असफल भयो ।

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बंगलादेशसँग गोलरहित बराबरीमा चिक्त बुझाएको छ । यो बराबरीपछि पनि नेपाल फाइनलमा प्रवेश गरेको छ । अब नेपालले उपाधिका लागि फेरी सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलाे पटक कुनैपनि गाेल नगरी प्रतियाेगिताकाे फाइनलमा पुगेकाे हाे ।

दशथर रंगशालामा भएको खेलमा नेपाल वल पोसेसनमा अघि थियो । तर गोल गर्न भने सकेन । २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विस्टको हेडर पोस्ट माथिबाट बाहिरियो । २४ औं मिनेटमा त्रिदेव आफैं चुके ।

पहिलो हाफमा बंगलादेशले पनि नेपालको पोस्टमा आक्रमण गरेको थियो । ४० औं मिनेटमा जमल भुयाको फ्रि किक पोस्ट नजिकैबाट बाहिरिएपछि बंगलादेश अग्रता लिने मौकाबाट बञ्चित भयो । ६५ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन । ८२ औं मिनेटमा दर्शन गुरुङको प्रहार क्रस बारमा लागेपछि नेपाल गोल रहित बराबरी खेल्न बाध्य भयो ।

रोहित चन्द खेलको म्यान अफ द म्याच चुनिए । सुनिल बल र विशाल राइ दोस्रो हाफमा मैदान प्रवेश गरेपछि नेपालले मुभ सिर्जना गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा पनि किर्गिस्तान अन्डर ट्वान्टी थ्रिसँग गोल रहित बराबरी खेलेको थियो । जीतपछि नेपालले दुइ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

पहिलो खेल जितेको बंगलादेश चार अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो । किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरियो । नेपाल लगातार ६ खेलमा गोल गर्न सफल भएको थियो । पछिल्लो पटक नेपालले विश्वकप छनोट खेलमा सन २०१९ मा चाइनिज ताइपेइलाई दुइ शून्य गोलले पराजित गरेको थियो । त्यसपछि विश्वकप छनोटमा नै नेपाल अस्ट्रेलिया, जोर्डन र कुबेतसँग हारेको थियो ।

गत मंसिरमा बंगलादेशसँग उसकै मैदानमा भएको दुइ मैत्रीपूर्ण खेलमा नेपालले एक खेल दुइ शून्यले हार्दा एक खेल गोल रहित बराबरी खेलेको थियो । थ्रि नेशन्स कपको फाइनल सोमबार हुनेछ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException