काठमाडौं, १५ चैत । कलङ्कीमा टिप्परले गएराति ठ’क्कर दिँदा एक पैदलयात्रीको ज्या’न गएको छ । बा २ क ८५९३ नम्बरको टिप्परको ठ’क्करबाट पैदलयात्रीको ज्या’न गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
मृत्यु हुनेमा करिब २५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । उनको नाम ठेगाना पहिचान हुन बाँकी छ । टिप्पर चालक ३० वर्षीय युवक थोकरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मकवानपुर घर भएका चालकलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ ।
जेब्राक्रसमा बाटो का’ट्दै गरेका पैदलयात्रीलाई टिप्परले ठ’क्कर दिएर ग’म्भीर घाइते बनाएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।