बाबुद्वारा बला’त्कृत छोरीले छोरालाई जन्म दिएन्

बाबुद्वारा बला'त्कृत छोरीले छोरालाई जन्म दिएन्

गुल्मी, १५ चैत । गुल्मीमा बाबुद्वारा बला’त्कृत छोरीले छोरालाई जन्म दिएकी छिन् । बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक बला’त्कार गर्दै आएको तथ्य हालै प्रकाशमा आएको हो ।

उनै बाबुले बला’त्कार गरेको छोरीले छोरालाई जन्म दिएकी हुन् । पी’डित बालिकाकै आमाले दिएको जा’हेरीका अनुसार प्रहरीले बला’त्कारमा संलग्न पितालाई शुक्रबार नियन्त्रणमा लिएको छ । आइतबार पी’डित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

पी’डित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष नारायण बराल (सुनार) ले पहल गरिरहेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर