भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार बढीमा संक्रमण पुष्टि

कोरोना संक्रमण

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दैनिकरुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यो संख्या वर्षकै धेरै रहेको बताइएको छ ।

यसअघि शनिबार ६२ हजार २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै संक्रमितको कुल संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको बताइएको छ । हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्रमण मुक्त भएको बताइएइको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८७ हजार ८ सय ४० छ ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ४४१ पुगेको छ । पछिल्लो २४ घण्टामा २७५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक