केहि समय पहिला सार्वजनिक भएको गीत हातैका पौजाले अत्यधिक चर्चाको शिखरमा रह्यो । त्यही गीतका सर्जक तथा गायक कुशल बेलबासेको नयाँ गीत ‘सनिसार’ युट्युवमा सार्वजनिक भएसँगै धेरै दर्शकहरुको चर्चाको बिषय बनेको छ ।
आफ्ना उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्न सफल सर्जक बेलबासेले यो पटक पनि फरक र उत्कृष्ट गीत लिएर आएका छन । गीतमा आवाजमा उनलाई पूर्णकला विसीले साथ दिएकी छन । गीतमा कुशल आफैले लय तथा शब्द सिर्जना गरेका छन भने विश्वास नेपालले संगीत संयोजन गरेका छन ।
भिडिओमा शिशिर पौडेल र लोकप्रिय मोडल सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने नवराज उप्रेतीको छायांकन गरेका छन् । विष्णु शर्माको सम्पादनमा तयार पारिएको भिडिओलाई शिशिर पौडेलको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-