काठमाडाैंको शंखरापुरमा होली भनेर एसिड छ्याप्दा ३ जना बालबालिका घाइते

थिनर प्रहार

काठमाडौं, १६ चैत। काठमाडाैंको शंखरापुरमा होली भनेर एसिड छ्याप्दा तीन जना बालबालिका घाइते भएका छन्। उनीहरूको हात र अनुहार जलेको छ। घाइते तीनै जनाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा १६ वर्षीया एक बालिका र ११ र ९ वर्षका दुई बालक रहेको महानगरीय प्रहरी कार्यालय बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए ।

एसिड घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १७ वर्षीय पवन पहारी, १८ वर्षीय आकाश तामाङ र एसिड धनी केशव नेपाल रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए। शंखरापुर–१ स्थित नवीन ग्राममा डेरी सञ्चालनका लागि उक्त एसिड प्रयोग भएको पाइएको छ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर