चीनले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुग्यो

चीनले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुग्यो

काठमाडौं, १६ चैत । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ८ लाख डोज कोरोना खोप आज बिहान काठमाडौं आइपुगेको हो ।

उक्त खोप नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजबाट काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन् ।

नेपाल एयरलाइन्सको विमानले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त खोप आज बिहान काठमाडौं ल्याएको हो । चीनले गत माघ १८ गते नेपाललाई तीन लाख मात्रा खोप सहयोग गर्ने निर्णय गरेको थियो । पछि फागुन १७ गते थप ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदान सहयोगमा उपलब्ध गराइसकेको छ । यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् । भेरोसेल खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ । खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने बारे मन्त्रालयले अब तय गर्ने उनले सुनाए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException